‘लभ पोईन्ट’मा नायिका एलिना रायमाझीको बोल्ड अवतार (भिडियो सहित)

काठमाडौं/ नेपाली रंग पत्रकारितामा जमेका पत्रकार अनिल गुरुङ अभिनेता समेत बनेका छन् । आफ्नै लेखन र निर्माणमा बनेको वेभ सिरिज लभ पोईन्टमा उनी प्रमुख भूमिकामा देखिएका हुन् ।


पछिल्लो समयमा कथित तल्लो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा अनिल गुरुङले तल्लो जाती बनेर भूमिका निभाएका छन् भने उनको अपोजिटमा नायिका एलिना रायमाझी देखिएकी छिन् । बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भ’ल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको छ ।

एलिनालाई देखेदेखी नै एकोहोरो बनेका अनिल केही डेटिङ सेट गर्न सफल हुन्छन् । उनीहरु दुई जनाको प्रेम झांगिन थाल्छ तर अनिल बीचमा एउटा मनोदशामा फस्छन् अनि कथाले अर्को मोड लिन पुग्छ । अनिलसँग नजिकिन पुगेकी एलिनाको चित्त के ले दुखाउँछ अनि मन किन बदलिन्छ ? त्यसपछि कथाले कुन मोड लिन्छ र अनिलले आफ्नो लभ पोईन्ट कसरी पहिल्याउछन भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

हेर्नुस भिडियो:


प्रकाशित मिति १० असार २०७७, बुधबार ०६:५९