सुटिङका लागि नेपाल हिँडेका करणवीरलाई दिल्ली विमानस्थलमा रोकेपछि…

काठमाडाैंमाघ १६, २०७६

मुम्बईबाट नेपालका लागि हिँडेका बलिउड अभिनेता करणवीर बोहरालाई दिल्लीस्थित इन्दिरा धान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको छ।

उनले दिल्ली विमानस्थलबाट काठमाडौँका लागि कनेक्टिन्ङ फ्लाइट समातेका थिए। तर,
करणवीर घरबाट आधार कार्ड (यूआईडी) मात्र लिएर निस्केका थिए, जबकि हवाइयात्राबाट नेपाल पुग्ने भारतीयको पहिचानका लागि आधार कार्ड वै’द्य मानिँदैन

करण वेबसीरीज ‘कैसीनो’ को सुटिङका लागि नेपाल आइरहेका थिए। उनले यो घटनाबारे ट्वीट गर्दै एयरलाइन्समाथि रीस पोखेका छन्। यता भारतीय दूतावास र विदेशमन्त्री एस जयशंकरलाई पनि ट्याग गरेका छन्

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०३:१९