सडक डिभाइडरमा गाडी ठो’क्किँदा १ जनाको मृ’त्यु, तीन जना घा’इते

२०७६ माघ १७ गते

वीरगञ्जमा बिहीबार म’ध्यरातमा भएको सवारी दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ । तीन जना घा’इते भएका छन् ।

दु’र्घटनामा परी बाराको परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज-१० रानीघाट बस्ने १६ वर्षीय सोनु साह र वीरगञ्ज-१० आदर्शनगर बस्ने १८ वर्षीय ओम पुरी घा’इते भएका छन् ।

घा’इतेमध्ये धिरेन्द्रको टा’उकोमा चो’ट लागेको छ भने सोनुको हात भाँ’चिएको नारायणी अस्पतालस्थित प्रहरी बिटले जनाएको छ । उनीहरुलाई नारायणीमा प्रारम्भिक उपचारपछि क्रमशः पानी ट्यांकीस्थित न्युरो अस्पताल र अलि अर्थो अस्पतालमा लगिएको छ । सामान्य घा’इते ओम उपचारपछि घर फर्किएका छन्

घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कारपियो गाडी मध्यराति साढे १२ बजेतिर मुर्लीचोक-नेपाल टेलिकम क्षेत्रिय कार्यालय सडकखण्डको डिभाइडरमा ठो’क्किएर दु’र्घटना भएको थियो ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०३:०६