नयाँ प्रेमीकालाई मायाको प्रमाण दिन प्रेमीले गरे पूर्वप्रेमीकाको ह’त्या

एजेन्सी , ९ असार । नयाँ प्रेमीकालाई मायाको प्रमाण दिन एक युवकले आफ्नै पूर्वप्रेमीकाको ह’त्या गरेका छन् ।

२० वर्षीय अलेक्सी पेट्रोभले पूर्व प्रेमी अनास्तासिया पोसपोल्भालाई जंगलबीच गला द’बाएर ह’त्या गरेको बताइएको छ ।

रि’पोर्टका अनुसार पेट्रोभ र उनकी नयाँ प्रेमिका येकातेरिना कर्पोवाले अनास्तासियालाई पार्टीमा बोलाएका थिए ।

दक्षिण नोभेसिबिर्स्क क्षेत्रको सुजुन गाउँ नजिकैको जंगलमा राखिएको पार्टिमा आउन अनास्तासिया राजी भएपछि उनीहरूले जंगलमा बोनफायर बनाएर रक्सी पिउन थाले ।

स्थानीय मिडियाका अनुसार पेट्रोभले आफ्नो खल्तीबाट च’क्कु निकाले र अनास्तासियालाई घाँटीमा पटक पटक प्रहा’र गरे ।

पेट्रोभसँग लड्न सफल भएकी अनास्तासिया घा’उबाट र’गत बग्दासमेत भाग्न सफल भएकी थिइन् ।

उनले मदतको लागि साथीलाई फोन गरेर जंगलमा लुक्न खोजेपनि पेट्रोभले उनलाई भेटाएर फेरि आ’क्रमण गरे । यसपटक पेट्रोभले अनास्तासियाको छातीमा च’क्कु प्र’हार गर्नुका सातै गला द’बाएर ह’त्या गरे ।

त्यसपछि पेट्रोभ र कर्पोवाले श’वलाई झाडीमा लुकाएर अनास्तासिया हराएको नाटक गरेका थिए । तर, पुलिसले अनास्तासियाको शरीर फेला पारेपछि घ’टना बाहिर आएको हो ।

प्रकाशित मिति ९ असार २०७७, मंगलवार ११:४३