को’रोनाबाट थप एकको मृ’त्यु, मृ’त्यु हुनेको संख्या २४ पुग्यो

काठमाडौँ — अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा को’रोना सं’क्रमणले थप एकको मृ’त्यु भएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष रहेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति मृ’त्यु भएको बताए ।

उनी क्षयरोग र दमको बिरामी थिए । यो सँगै नेपालमा को’रोना सं’क्रमणले मृ’त्यु हुनेको संख्या २४ पुगेको छ ।

हालसम्म को’रोना सं’क्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगञ्जका १ र पर्साका १ जनाको मृ’त्यु भएको छ ।

प्रकाशित मिति ९ असार २०७७, मंगलवार ११:२१