स्वर्ग पुगिने’ भन्दै गाउँघरमा कसैको नि’धन पछि गरिने अनौठो अन्त्येष्टि

बीबीसी । नेपाल वहुधार्मीक र वहुसांस्कृतीक मुलुक हो । यहाँ फरक जाति र जनजातिले मनाउने संस्कार एक अर्कालाई अनौठो लाग्न सक्छ । नेपालको पश्चिम क्षेत्रमा मृ त्यु संस्कारमा गरिने एउटा परम्परा र धार्मीक मान्यताले तपाईलाई पनि अचम्म लाग्न सक्छ ।

पश्चिम रुकुमको आठबीसकोटका धीरेन्द्र बटालाले आमाबुवाको अन्त्येष्टिमा झण्डै दुई हजार मिटर ‘बाट’ भनिने लामो कपडा प्रयोग गरे। आमाबुवा दुवैजनाको अन्त्येष्टिको लागि कपडा किन्न डेढ लाख रुपैयाँ खर्च समेत गरे ।

“त्यो पैसा सामाजिक काममा खर्च गरेको भए राम्रो हुन्थ्यो”, उनले भने, “तर जन्मदिने आमाबुवाको धोको पूरा गर्न लामो ‘बाट’ हाल्नुपर्‍यो।” उनी जस्ता कैयौँ कर्णालीबासीले वर्षौँदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन्।

जाजरकोट, रुकुम, सल्यान, कालिकोट, सुर्खेत, डोल्पालगायतका जिल्लामा पनि आफन्तको नि’धन हुँदा अपनाईने यो चलन व्यापक छ। मान्छेको नि’धन हुँदा ‘बाट’ भनिने कपडालाई श’वसँगै दा’हसंस्कारको लागि घरदेखि घा’टसम्म लैजाने अनौठो चलन वर्षौँदेखि चल्दै आएको गाउँलेहरू बताउँछन्।

श’वलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि खोला र नदी किनारमा लैजाँदा सेतो, निलो, रातो र पहेँलो रङ्गको कपडा कम्तीमा तीन थानदेखि अधिकतम ९५ थानसम्म प्रयोग गर्ने गरिएको उनीहरू बताउँछन्। ‘बाट’ लाई अघि लगाएर श’वलाई पछिपछि दा’हसंस्कारको लागि लैजाने गरिएको जाजरकोटका चन्द्रबहादुर रावलले बताए।

छोटो कपडा हुँदा छिमेकीले हे’यको भावले हेर्न भएकाले ऋण गरेरै भएपनि लामो कपडा किन्नु पर्ने बा’ध्यताले आर्थिक बो’झ पनि थपेको छ ।

८१ वर्षीय उनका अनुसार अन्त्येष्टिको लागि लैजाँदा बाटो देखाउन, छरछिमेक र अर्को गाउँका मानिसले पनि नि’धन भएको कुरा थाहा पाउन् भनेर लामो कपडालाई सङ्केतका रूपमा प्रयोग गरिएको हो।

यस्तो परम्पराको कतिपयले भने वि’रोध गरेका छन् । यो खर्चिलो र विपन्नका लागि बो’झिलो हुने उनीहरुको तर्क छ । जसका कारण सामाजिक अ’समानता समेत बढाएको उनीहरु बताउँछन् । समाजसेवी सुशिला सिंहको यस्तो राय छ । छोटो कपडा हुँदा छिमेकीले हे’यको भावले हेर्न भएकाले ऋण गरेरै भएपनि लामो कपडा किन्नु पर्ने बा’ध्यताले आर्थिक बो’झ पनि थपेको छ ।

मृ’तकप्रति सम्मान दर्शाउन नजिकका आफन्त (छोरी,ज्वाइँ, बहिनी, दाजुभाई)ले पनि अनिवार्य रूपमा कपडा ल्याउने चलन छ । आफन्तले कम्तीमा एक–एक थान हाल्दा पनि ‘बाट’ धेरै लामो हुने गाउँलेहरू बताउँछन्। बाँचुन्जेल राम्रोसँग खान लाउन नपाएपनि नि’धन हुँदा भने लामो ‘बाट’ हाल्ने चलन धेरै रहेको कालिकोटका चित्रबहादुर सिंहले बताए। यसो गर्दा नि’धन पछि स्वर्ग पुगीने धार्मीक विश्वास रहेका कारण पनि यो प्रथा हट्न सकेको छैन ।

“पहिले अहिलेको जस्तो खबर आदान प्रदान गर्ने सञ्चारका माध्यम (टेलिफोन,सामाजिक सञ्जाल) नहुँदा यो प्रथाले कसैको नि’धन भए बाटो देखेपछि थाहा हुने भएकाले यस्तो परम्परा सुरु भएको हुनसक्ने बताइन्छ । अब भने यो परम्परामा केही परिमार्जन गर्नुपर्ने सामाजिक अगुवाहरुको भनाई छ । संस्कारलाई निरन्तरता दिन कम कपडा प्रयोग गर्न सकिने बताउँछन् ।

अब भने यो परम्परामा केही परिमार्जन गर्नुपर्ने सामाजिक अगुवाहरुको भनाई छ । संस्कारलाई निरन्तरता दिन कम कपडा प्रयोग गर्न सकिने बताउँछन् ।

कतिपय बुढापाकाले अहिले पनि आफ्नो लागि आफैले धेरै थान कपडा किनेर राख्ने गरेको पनि स्थानियको भनाइ छ । जति लामो ‘बाट’ हालिन्छ उति छिटो स्वर्गमा पुगिन्छ भन्ने अन्धविश्वासले गर्दा बुढापाकाले आफ्नो लागि आफैले कपडा किनेर राख्ने गरेको पश्चिम रुकुमका तारक शाही बताउँछन्।

उनी भन्छन, “अरूलाई देखाउन थानका थान ‘बाट’ हालेर धेरै खर्च गर्नु भन्दा बरु मृ’तकको नाममा विद्यालयलगायतका संस्थामा अक्षय कोष स्थापना गरेर समस्यामा परेकालाई सहयोग गर्दा आफन्तप्रति उचित सम्मान हुन्छ।”

प्रकाश पन्त, बीबीसी न्यूज नेपाली

प्रकाशित मिति ९ असार २०७७, मंगलवार १०:१६