करन, आलिया, सोनम, करिनासमेत ६ सेलिब्रटीले लक गरे इन्स्टाग्रामको कमेन्ट सेक्सन

सुशान्त सिंह राजपूतको आ’त्मह’त्यापछि बलिउडमा सुरु भएको परिवारवादको ब’हस रोकिनुको साटो झन् बढ्दो छ । सोसल मिडियामा लगातार चर्चित निर्माण कम्पनी, त्यसका मालिक र स्टार किड्सलाई घेर्ने क्रम जारी छ ।

उनीहरुको पोस्टमा गरिएको कमेन्ट हेर्दा यस्तो लाग्छ कि सुशान्तले यस्तै मानिसहरुका लागि आ’त्मह’त्याजस्तो कदम उठाएका हुन् ।

अब यी सेलिब्रिटीको पोस्टमा उनीहरुका नजिकका साथीले मात्रै कमेन्ट गर्न सक्छन् ।

यो यतिसम्म बढ्दै छ कि आधा दर्जन बढी बलिउड सेलिब्रिटीले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट सेक्सन सर्वसाधारणका लागि लक गरिदिएका छन् ।

यसमा करन जोहर र उनको क्याम्पसँग जोडिएका आलिया भट्ट, करिना कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, अनन्या पाण्डे र शाहरुख खानकी छोरी सुहाना खान समावेश छन् । अब यी सेलिब्रिटीको पोस्टमा उनीहरुका नजिकका साथीले मात्रै कमेन्ट गर्न सक्छन् ।

प्रकाशित मिति ९ असार २०७७, मंगलवार ०९:२४