अहो !पियनको सम्पत्ति ९ करोड ७३ लाख !

२०७६ माघ १६ गते

१९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती गै’रकानुनी भएको अ’ख्तियार दुरुपयोग अ’नुसन्धान आयोग (अदुअआ)को अनुसन्धानबाट खुलेको छ ।

बस्नेतको तलब पारिश्रमिक, बचत आय, घरजग्गा बिक्री, सवारी साधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी कुल ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै वै’ध भएको अदुअआको निश्कर्ष छ

मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा न’क्कली रसिद काटी नगद असुल गरेर राजस्व दाखिला नगरेको अभियोगमा बस्नेत पक्राउ परेका थिए । ११ लाख रुपैयाँ नगदसहित प’क्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीसँग करोडौंको अ’वैध सम्पत्ति फेला परेको हो

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १३:३५