अब तीन पटकभन्दा धेरै ट्राफिक नियम मिचेमा लाइसेन्स नै खारेज हुने

काठमाडौँ, ९ असार -संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उ’ल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० र’द्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सवारी दु’र्घटना चालककै ला’परबाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सुझाव दिइएको उपसमितिका संयोजक गणेश पहाडीले बताए ।

‘सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमले नि’षेध गरेको कार्य ३ पटकभन्दा धेरै गरेमा सवारी चालकको अनुमतिपत्र र’द्द हुने व्यवस्था गर्न सुझाव दिएका छौं,’ पहाडीले भने । यही सुझावअनुसार कानुन बने यो व्यवस्था सार्वजनिक र निजी दुवै सवारीमा लागू हुनेछ ।

ऐन तथा नियमले नि’षेध गरेको कार्य ३ पटकभन्दा धेरै गरेमा सवारी चालकको अनुमतिपत्र र’द्द हुने व्यवस्था गर्न सुझाव

ट्राफिक प्रहरीले म’दिरा सेवन गरेर ५ पटकसम्म का’रबाहीमा परेमा लाइसेन्स खारेजका लागि यातायात व्यवस्था कार्यालयमा लेखेर पठाउने गरेको छ । तर, प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।यो खबर आजको कान्तिपुर दैनिकमा छ।

प्रहरीको तथ्यांकअनुसार दु’र्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ । प्रहरीका अनुसार चालकको ला’परबाहीले ४३।७ प्रतिशत, तीव्र गतिले १८।७, ओभरटेक गर्दा ९।८, पैदल यात्रुको ला’परबाहीले ९।५, मा’दक पदार्थ सेवन गरी चलाउँदा ६।२, सवारीको यान्त्रिक गडबडीले ६।१, ओभरलोडले ५।२, सडक चौपायाका कारण ०।४ प्रतिशत दुर्घ’टना हुने गरेका छन् ।

प्रकाशित मिति ९ असार २०७७, मंगलवार ०२:१२