अनौठो बिहे, जहाँ दुलाहालाई प्रवेश नि’षेध !

पोखरा माघ १६, २०७६

भारतको गुजरात प्रदेशको उदयपुर शहरमा बस्ने आदिवासीहरूको अनौठो वैवाहिक परम्परा रहेको छ । भारतको एक समाचार एजेन्सी एएनआई अनुसार त्यहाँ बस्ने आदिवासी युवतीको विवाहमा दुलाहा सामेल हुन पाउँदैन ।

नियमानुसार दुलहीसँग दुलाहाकी बहिनी विवाह मण्डपमा बस्छिन् । दुलाहा भने आफ्नो घरमा आफ्नै आमासँग बसिरहेको हुन्छ । यता उसको बिहे भइरहेको हुन्छ । दुलहीको घर जन्ती पनि दुलाहाकै बहिनीले लिएर जान्छिन् । दुलहीले हुनेवाला दुलाहाको बहिनीसँग यज्ञमा सात फेरो लिएपछि विवाह सम्पन्न हुन्छ ।

एएनआईका अनुसार सुरखेडा गाउँका एक बासिन्दा कान्जीभई राथावाले विवाहको सबै कर्म दुलाहाको बहिनीले सम्पन्न गर्ने बताएका छन् । ‘यो प्रथा तीन गाउँमा चल्छ,’ उनले भने, ‘यहाँ यदि यस्तो गरिएन भने केही ठूलो घटना हुने मान्यता रहीआएको छ ।’

गाउँको मुखिया रामसिंहभाई राथावाले भने, ‘धेरैले यो प्रथा तो’ड्ने कोशिस गरेका थिए तर उनीहरूमाथि न’राम्रो घ’टना घट्यो । कसैको बिहे अ’सफल भयो भने कोही दु’र्घटनामा परे ।’

अहिलेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिला गुजरातका मुख्यमन्त्री थिए । उनले पनि यस प्रथाका बारेमा चासो राखेका थिए । तर उनले ह’स्तक्षेप भने गरेनन् ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ११:४२