बितेको २४ घण्टामा ३७० जनाले जिते कोरोना, हालसम्म २ हजार १४२ व्यक्तिले कोरोना जिते

काठमाडौं । बितेको २४ घण्टामा ३७० जना सं’क्रमित कोरोना भा’इरस मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विशेष अस्पताल रुपन्देहीबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालीकोट अस्पतालबाट २८ जना, दैलेख अस्पतालबाट २६५ जना,

सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पतालबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना गरी कूल ३७० जना निको भएका छन् । जसमा ३२ महिला र ३३८ पुरुष रहेका छन् ।

योसहित हालसम्म २ हजार १४२ व्यक्तिले कोरोना जितेका छन् । जसमा १६१ महिला र १ हजार ९६१ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति ८ असार २०७७, सोमबार ११:१४