धादिङबाट सोमपाल कामीले गरे विहे

१६ माघ, काठमाडौं ।
क्रिकेटर सोमपाल कामीले बिहीबार धादिङकी प्रतिभा घिमिरेसँग विवाह भएका छन् ।

चो’टका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका बेला सोमपालले केही वर्षयताको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

उनी काठमाडौंमा हुने आईसीसी विश्व क्रिकेट लिग २ खेल्ने टिममा सोमपाल छैनन् । धादिङमा क्रिकेट खेल्न जाँदा उनीहरुको भेट भई प्रेम सम्बन्ध सुरु भएको थियो ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०८:४७