नेकपामा को-को बन्दैछन्  त वरिष्ठ नेता ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अबदेखि दुई जना वरिष्ठ नेता हुने भएका छन्। जारी केन्द्रीय समिति बैठकमा पेश भएको प्रस्ताव पारित भए दुई जना वरिष्ठ नेता हुने छन्।

बुधबारबाट सुरु भएको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा नेकपामा दुई वरिष्ठ नेता राख्न प्रस्ताव गरिएको छ। यसअघि नेकपामा एक जनामात्रै वरिष्ठ रहेका थिए। वरिष्ठ नेता को हुने भन्नेमा पार्टीमा विवाद नै भएको थियो

विवादपछि नेता झलनाथ खनालले वरिष्ठको पद पाएका थिए। त्यस्तै पौडेलको प्रस्तावमा उपाध्यक्षको समेत व्यवस्था गरिएको छ। जसमा नेता माधव नेपाल थपिने निश्चित जस्तै छ।

प्रस्तावित विधान संशोधन प्रस्तावमा विधानको ‘धारा १८ (घ) १ को साविक व्यवस्थाको सट्टा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक उपाध्यक्ष, एक प्रवक्ता र महासचिवसहित ४ सय ४१ सदस्यीय कमिटी भन्ने उल्लेख गर्ने’ प्रस्ताव गरिएको छ। यो प्रस्ताव पास भए अबदेखि नेकपामा दुई अध्यक्षसहित दुई वरिष्ठ नेता रहने छन्

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०८:३८