जो’खिम झन् बढ्दो, अबको ५५ दिनमा ४० हजार सं’क्रमित पुग्ने आँकलन

काठमाडौं – नेपालमा आगामी २ भदौसम्म कोरोना भाइ’रस सं’क्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो ।

लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, सं’क्रमितको सम्पर्कमा आएकाको ट्रे’सिङ सुस्त गतिमा हुनुलगायतका कारणले सं’क्रमणको जो’खिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् ।

अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् ।

सं’क्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना ग’म्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्

प्रकाशित मिति ८ असार २०७७, सोमबार ०१:५९