पहिलोपटक पिउने पानीमा पनि भेटीयो कोरोना भा’इरस

काठमाडौं : पानीमा पनि कोरोना भा’इरस भेटिएको छ । फ्रान्सको राजधानी पेरिसमा पानीको पाइपमा कोरोना भा’इरस भेटिएको हो । २७ वटा पानीको नमूना परीक्षण गर्दा कोरोना भा’इरस भेटिएको हो । कोरोना भा’इरस कसरी पानीमा प्रवेश गर्यो भन्ने विषय पत्ता लगेको छैन । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भा’इरसको अंश फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसअघि विश्व स्वास्थ्य संगठनले पानीको माध्यामबाट कोरोना भा’इरस संक्रमित नहुने बताएको थियो ।

पेरिस महानगरपालिका प्रमुख आन डिहाल्गोले कोरोना भा’इरस सडक सफा गर्ने, आ’गलागी निभाउने, बोटबिरुवामा सिंचाइ गर्ने, निर्माणमा प्रयोग गर्ने पानीको पाइपलाइनमा फेला परेको बताउँदै पिउने पानीका लागि भने जो’खिम नभएको बताएका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले पानीको माध्यामबाट कोरोना भा’इरस संक्रमित नहुने बताएको थियो ।

महानगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परीक्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरस फेला परेको हो । त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै संयन्त्र, मार्ग र पाइपबाट आउने र तिनमा भा’इरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् ।एजेन्सी

प्रकाशित मिति ७ असार २०७७, आईतवार १४:०८