सहर र गाउँबीच चिच्चाएर बासेर झ’गडा पार्ने भाले अब रहेन

फ्रान्समा एउटा भाले परम्परागत गाउँले जनजीवन तथा आधुनिक सहरीया जनजिवनबीचको तना’व र झ’गडाको प्रतीक बनिरहेको थियो । तर अदालतमा पारम्परिकता र आधुनिकताबीचको द्व’न्दको प्रतीक बनिरहेको उक्त कुखुराको भाले अन्ततः यो संसारबाट बिदा भएको छ ।

माउरिस नामक उक्त भालेको मृत्यु भएको गत बिहीबार सार्वजनिक भएको छ ।

पश्चिमी फ्रान्सस्थित ओलेरोन टापुमा बस्ने एक अवकाश प्राप्त दम्पत्ति र सो भालेबीचको कानुनी ल’डाइँले फ्रान्समा राष्ट्रिय चर्चा पाएको थियो ।

उक्त भाले बास्दा निकाल्ने ठूलो आवाजले आफूहरुलाई दिक्क बनाएको भन्दै ती दम्पत्तिले उ’जुरी गरे । जसका कारण उक्त कुखुराका मालिक अदालतमा धाउनु परेको थियो ।

गत वर्षको उक्त मु’द्दा फ्रान्समा ग्रामीण परम्परा र सहरीयाहरु बीचको वि’वाद तथा अ’समन्जसताको प्रतीक बनेको थियो । रिटायर्ड जीवन बिताउन गाउँमा बसाइ सर्ने तर गाउँको जनजीवन, संस्कार, ग’न्ध तथा आवाजहरु मन नपराउने सहरियाहरुका लागि उक्त भाले एउटा ठूलो सबक बनेको थियो ।

अदालतले कुखुराको भाले बास्न पाउनु उसको प्राकृतिक स्वतन्त्रता तथा स्वभाविक कुरा भएको फैसला गरेको थियो ।

उक्त भालेका मालिक कोरिन फेसेउका अनुसार माउरिसको ६ वर्षको उमेरमा श्वासप्रश्वास सम्बन्धी रोगबाट मृ’त्यु भएको छ । कोरोना भाइ’रस महामा’रीको लकडाउनकै बेला गत मे महिनामै भाले म’रेको हो । तथापि महामारीको विद्यमान स्वास्थ्य संकटका कारण आफूले भालेको मृ’त्युको खबर समयमै सार्वजनिक गर्न नसकेको उनले बताएकी छन् ।

उनी भन्छिन्, ‘मेरो भालेको मृ’त्युको खबरभन्दा कोभिड-१९ निकै महत्वपूर्ण विषय थियो ।’

उनका अनुसार सो भाले एउटा निसान हो, गाउँले जीवनको प्रतीक हो र नायक हो । मृ’तक भालेलाई उनले आफ्नै बगैँचामा गाडेर अ’न्त्येष्टि गरेकी छिन्।

स्मरण रहोस् सो भालेले अदालतमा आफूवि’रुद्ध परेको मु’द्दा जितेको थियो । अदालतले कुखुराको भाले बास्न पाउनु उसको प्राकृतिक स्वतन्त्रता तथा स्वभाविक कुरा भएको फैसला गरेको थियो ।
एएफपी

प्रकाशित मिति ७ असार २०७७, आईतवार ०८:३५