सुनको भाउले तोड्यो सबै रेकर्ड, पुग्यो इतिहासकै उच्च मूल्यमा

आज आइतबार सुनको भाउ इतिहासकै महँगो भएको छ । शुक्रबार तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ७ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ७ सयले नै बढेर ९० हजार १६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ भने आइतबार प्रतितोला १० रुपैयाँले बढेर तोलाको ९४० रुपैयाँमा कोरोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ३ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ कायम गरेको छ

प्रकाशित मिति ७ असार २०७७, आईतवार ०५:४०