भैरहवामा बोराले च्यापिएर एकै परिवारका चारको मृ’त्यु

१६ माघ २०७६, बिहीबार

भैरहवाको गल्लामण्डीमा बोराले च्या’पिएर चार जनाको ज्या’न गएको छ। सिद्धार्थ नगरपालिका ६ मा मंगलबार राती सुतेको बेलामा खादको बोराले च्या’पिएर एकै परिवारका चार जनाको ज्या’न गएको प्रहरीले जनाएको छ।

मृ’त्यु हुनेमा ३० वर्षीय सहजात हुसैन, उनकी २६ वर्षीया श्रीमती सद्दाम खातुन, ६ वर्षीय सुल्तान हुसैन र २ वर्षीया सहिना खातुन रहेका छन्। भारत बिहारका उनीहरु १५ वर्षदेखि बोरा सिलाउने काम गर्दै आएका थिए।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०६:४१