कास्कीमा ‘ट्राभल हिस्ट्री’ विना १९ महिने शिशुमा कोरोना

६ असार, पोखरा । कास्कीको मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना भा’इरस पुष्टि भयो । प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्र’मण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् ।

१९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्र’मित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘बा भारतमा थिए । आमाले लकडाउनपछि गाउँ छोडेकी छैनन्,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने, ‘उहाँहरुको रिपो’र्ट भने नेगेटिभ आएको छ ।’

शिशुका बाबु केही दिनअघिमात्रै गाउँ आएका थिए । तर, गाउँ आएर पनि सीधै क्वारेन्टिनमा बसिरहेको अधिकृत सापकोटाले बताए । उनले भने, ‘बा सुरुमा खाना लगेर शिशु भेट्न गएका रहेछन् । त्यही आधारमा हामीले परिवारकै स्वाब परीक्षण गर्न पठाएका थियौं । तर, शिशुको मात्रै पोजेटिभ आयो ।’ उनले परिवारका अन्य सदस्य तथा सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ सुरु गरिने जानकारी दिए ।

मादी गाउँपालिकाका अर्का कोरोना संक्र’मित ४१ वर्षीय पुरुष २२ दिनअघि बम्बैबाट गाउँ फर्किएका थिए ।

प्रकाशित मिति ६ असार २०७७, शनिबार ०२:४६