तपाइ कसरी सत्नुहुन्छ ? सुताइबाटै थाहा हुन्छ मानिसको स्वभाव

ज्योतिषशास्त्र, हस्तरेखा विज्ञान, कोठि तथा शरीरका चिन्हरुले पनि मानिसको स्वभाव एव् भविष्य बताउने शास्त्रमा उल्लेख छ । त्यस्तै मानिसको सुत्ने तरिकाबाट उसको स्वभाव जान्न सकिने कुरा समुद्र शास्त्रमा उल्लेख गरीएको छ ।

कसरी सुत्ने मानिसको स्वभाव कस्तो ? यस्तो छ शास्त्रमा-

उत्तानो सुत्ने

अधिकाशं मानिस सीधा वा उत्तानो फर्केर सुत्ने गर्दछन् । सजिलोसँग निदाउन सुत्ने निन्द्राको यो आशन शुभ एवम् आत्मविश्वासको लक्षण मानिन्छ । यसरी सुत्नेहरुको व्यक्तित्व आकर्षक हुने गर्दछ । तर यिनिहरुमा तुरुन्तै समस्याको समाधान गर्न सक्ने क्षमता भने हुदैन । तर परिवार, साथीभाई, तथा छिमेकीहरुका भने प्यारा हुन्छन् ।

घोप्टिएर सुत्ने

केहि मानिसमा घोप्टिएर सुत्ने बानी हुन्छ । विशेषतः घोप्टिएर सुत्ने मानिसहरु कुनै पनि बिषयको त-नाव बोक्न चाहदैनन् । साथै यो आ-शनमा सुत्नेहरु कुनै पनि प्रकारको जो-खिम लिन चाहादैनन् । यिनीहरू कसैसँग मित्रता गाँस्नु अघि निकै सोच विचार गरेर मात्र सम्बन्ध जोड्ने र संबन्ध हतपत्त नछाड्ने स्वभावका हुन्छन् ।

हातखुट्टा फैलाएर सुत्ने

दुवै हातखुट्टा फैलाएर उत्तानो परेर सुत्ने व्यक्तिहरू आफुलाई स्वतन्त्र भएको हेर्न चाहान्छन् । यो आशनमा सुत्नेहरुमा स्वतन्त्रता तथा प्रकृती प्रेम अधिक मात्रामा रहने गर्दछन । यिनिहरु अरु कसैको ब’न्धनमा बाँ’धिएर बस्न चाहादैनन् । बढी सुख सुविधायुक्त सामाग्रिको प्रयोग एवम् भोगवि-लासपूर्ण जीवन यिनिहरुको चाहमा पर्ने गर्दछ ।सुन्दर वस्तु वा ब्यक्तिले छिट्टै आर्कषित गर्दछ ।

कोल्टे परेर सुत्ने

एकातर्फको हातलाई मुनि पारी अर्काे हात माथि पारेर कोल्टे परेर सुत्ने व्यक्तिलाई टिपटप बस्न मन पर्दछ । यो आश-नमा सुत्नेहरु सरसफाइ गरेर सुग्घर बस्न रुचाउने स्वभावका हुन्छन् । मीठो खाने, राम्रो लगाउने तथा आदर्श र चमकधमकवाला चर्चित जिवन जिउने यिनिहरुको चाहाना हुने गर्दछ । जुनै वातावरणमा सजिलै घुलमिल हुने क्षमता हुन्छ ।

खुट्टा जोडेर सुत्ने

दुवै खुट्टा जोडेर लमतन्न परेर सुत्नेहरु खासै सुखमय जिवन बिताउन नसक्ने हुन्छन् । यसरी खुट्टा कसेर सुत्ने मानिसको जीवन पनि कष्मपुर्ण नै रहने गर्दछ । यो आ-शनमा सुत्नेहरुले जीवनमा ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । यद्यपि उनीहरूमा परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने क्षमता र गुण भने रहने गर्दछ ।

मोडिएर सुत्ने

कोल्टे परेर खुट्टा माडेर सुत्ने मानिसहरु कमजोर स्वभावका हुने गर्दछन् । उनीहरूको मनमा हमेशा असुरक्षाको भावना हुने गर्दछ । यो आशनमा सुत्नेहरु डरपोक हुने भएकाले उनीहरू अव्यावहारिक एवम् अपरिचित ब्यक्तिको संगत नरुचाउने स्वभावका हुने गर्दछन् । यस आशनमा सुत्ने औसत मानिसलाई एक्लै बस्न मन लाग्ने र कुनै पनि नकारात्मक वस्तुको ल-त लाग्ने संभावना उच्च हुन्छ ।

हातखुट्टा हल्लाएर सुत्ने

केहि मानिसमा सुत्नुअघि हातखुट्टा हल्लाउने बानि हुने गर्दछ । तर यस आ-शनमा सुत्दा अल-च्छिन भित्रिने मानिएको छ । हातखुट्टा झड्काएर सुत्ने वा खुट्टाको औला, हात वा पुरा हातखुट्टा हल्लाउदै सुत्नेहरुलाई कुनै न कुनै चि-न्ताले स-ताइरहने गर्दछ । र यि मानिसमा कहि न कहि हमेशा न’कारात्मक भाव पैदा हुने गर्दछ । तथापी यिनिहरु कुनै पनि अ’प्ठेरो परीस्थितीलाई सहजै पार गर्दछन ।

ज्योतिषशास्त्र, हस्तरेखा विज्ञान, कोठि तथा शरीरका चिन्हरुले पनि मानिसको स्वभाव एव् भविष्य बताउने शास्त्रमा उल्लेख छ । त्यस्तै मानिसको सुत्ने तरिकाबाट उसको स्वभाव जान्न सकिने कुरा समुद्र शास्त्रमा उल्लेख गरीएको छ । जस्को बारेमा केही माथी जानकारी दिईसकेका छौ ।

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार १६:०२