नयाँ नि’शान छापः नागरिकता, नोट र पासपोर्ट परिवर्तन गर्नुपर्ने

आजदेखि नेपालको नि’शान छाप परिवर्तन भएको छ। लिम्पियाधुरा समेटिएको नक्सा राख्न संविधान संशोधन भएपछि नयाँ नि’शान छाप प्रयोगमा आएको हो।

नयाँ नि’शान छाप प्रयोगमा आएपछि सरकारका केही काम बढेका छन् ।नागरिकताको नि’शान छाप परिवर्तन गर्नुपर्ने भएको छ। गृह मन्त्रालयले लेटरप्याड, नागरिकता छ’पाई सुरु गरेको जनाएको छ।त्यस्तै पासपोर्टमा पनि अब नयाँ नि’शान छाप्नुपर्नेछ। सांसदहरुको लोगो परिवर्तन गर्नुपर्ने भएको छ।

लिम्पियाधुरा समेटिएको नक्सा राख्न संविधान संशोधन भएपछि नयाँ नि’शान छाप प्रयोगमा आएको हो।

संसद सचिवालयले लोगो परिवर्तन गर्न ८ लाख लाग्ने जनाएको छ। सय रुपैँयाको नोटमा रहेको नेपालको नक्सा परिवर्तन गर्नुपर्ने भएको छ।

सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्समा पनि लोगो परिवर्तन गर्नुपर्ने भएको छ। नेपालको राष्ट्रिय परिचयपत्रको लोगो पनि परिवर्तन गर्नुपर्ने भएको छ । सेतोपाटी

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार १२:५१