मोदीको सुझाव : योगा कोरोनाभा’इरस विरुद्ध रक्षा कवच हो

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगालाई को’रोना भा’इरस विरुद्ध रक्षा क’वचको रुपमा व्याख्या गरेका छन् । योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्ने उनको दावी छ । भारतमा हालसम्म ३ लाख ८० हजार भन्दा धेरै मानिस को’रोना भा’इरसबाट सं’क्रमित भएका छन् । १२ हजार भन्दा धेरैको मृ’त्यु भइसकेको छ । महामा’री र योग दिवसको सन्दर्भ जोडेर प्रधानमन्त्री मोदीले योगाको महत्वबारे वर्णन गरेका हुन् ।

मोदी स्वयं पनि प्राचिन भारतीय योग अभ्यासका एक नियमित साधक हुन् । यही जुन २१, आइतबार अन्तर्राष्ट्रिय योगा दिवसको सन्दर्भमा युट्युब मार्फत भिडिओ सन्देश दिने क्रममा उनले योगाको महत्वलाई को’रोना भा’इरसविरुद्ध हुने सुझाव दिएका हुन् ।

मोदीले भनेका छन्, ‘योगाले मानसिक, शारीरिक र मनोवैज्ञानिक चु’नौतीको सामना गर्ने क्षमता राख्छ । यसले चुनौतीपूर्ण समयमा पनि कसरी कसरी बाँच्ने भन्ने तरिका सिकाउँछ

‘हामी सबैलाई थाहा छ, हालसम्म विश्वभर कोभिड १९ को खोप कसैले विकास गर्न सकेको छैन । यसैले, अहिले बलियो रोग प्र’तिरोधी क्षमताले नै को’रोना वि’रुद्ध क’वचको रुपमा काम गर्छ । वा हामी र हाम्रो परिवारको लागि अं’गरक्षकको रुपमा काम गर्छ । यस्तो क’वच निर्माण गर्न योग हाम्रो विश्वसनीय साथी हो,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।

हिन्दु राष्ट्रवादी नेताको रुपमा चिनिएका मोदी २०१४ मा सत्तामा आएपछि योगा, आयुर्वेद र अन्य परम्परागत उपचार मन्त्रालय नै स्थापना गरेका छन् । मोदीले अन्तर्राष्ट्रिय योगा दिवस मनाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा आवेदन दिएपछि २०१५ को जुन २१ बाट यो दिवस मनाउन थालिएको हो ।

योगा दिवसको सन्दर्भमा विभिन्न देशमा सामुहिक रुमपा बसेर योग अभ्यास गर्ने चलन छ । तर भारतमा यस वर्ष घरभित्रै बसेर योगा गर्न सरकारोले सबैलाई आग्रह गरेको छ । मोदीले भनेका छन्, ‘योगाले मानसिक, शारीरिक र मनोवैज्ञानिक चु’नौतीको सा’मना गर्ने क्षमता राख्छ । यसले चु’नौतीपूर्ण समयमा पनि कसरी कसरी बाँच्ने भन्ने तरिका सिकाउँछ ।

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ०९:०५