विदेशबाट २४ जनाको श’व नेपाल ल्याइँदै (सूचीसहित)

५ असार,काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा ज्यान गु’माएका २४ जनाको श’व शुक्रबार नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको श’व नेपाल ल्याउन लागिएको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको श’व नेपाल ल्याउन लागिएको हो ।

कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा श’व नेपाल ल्याइने तयारी भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।’
वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको श’व आउँदैछ नामसहित हेर्नुहोस :-कतारबाट

महमुद अलमान मुसलमान, कपिलवस्तु
मुस्ताक साइक, सर्लाही
रुपेशकुमार मण्डल, सिरहा
कुम्बा तामाङ, लमजुङ
भक्तबहादुर थापामगर, बाँके
राजेन्द्रप्रसाद मण्डल, सप्तरी
युवराज अधिकारी, मोरङ
मीनबहादुर थापा, भोजपुर
नरबहादुर कामी, सुर्खेत
मंगलबहादुर तामाङ, भोजपुर
सुकराम थारु, बर्दिया
अरुणकुमार पंजियार, सर्लाही
शिवशंकर राउत, महोत्तरी
चुतर्वा मण्डल, धनुषा
जितेन्द्र थापामगर, मकवानपुर
यामबहादुर थापा, रुपन्देही
कासिदेव यादब, सिराहा
सधोवाका पासवान, सर्लाही
अनिल चौधरी, महोत्तरी
श्रेष्ठका अनुसार ७ वटा श’व काठमाडौँमै अ’न्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था छ । सम्बन्धित परिवारलाई समेत जानकारी गराइसकेको श्रेष्ठले जानकारी दिए । (फोटो:फाइल)

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ०७:४६