फाँ’सीको स’जाय सुनाइएका एक भारतीयले राष्ट्रपतिलाई लेखे यस्तो अन्तिम पत्र

माघ १६, २०७६
एजेन्सी । भारतको निर्भया ब’लात्कार ह’त्याकाण्डका आ’रोपी चारमध्ये एक विनयकुमार शर्माले मृ’त्युद’ण्डबाट छु’टकारा पाउँ भन्दै अन्तिम पटक राष्ट्रपति रामनाथ कोविन्दसँग आग्रह गरेका छन् । बुधबार शर्माले मृ’त्युण्डबाट छुटकारा पाउँ भन्दै याचिका (निवेदनपत्र) पठाएका हुन् ।

यसभन्दा अघि पनि निर्भया मुद्दाका अर्का दोषी मुकेशले पठाएको दया या’चिका खारेज गरिएको थियो । अदालतले फै’सला गरेको फाँ’सी कार्यान्वयनको समयतालिका नजिकिँदै गर्दा उनीहरुले यसबाट बच्न विभिन्न रणनीति अपनाइरहेका छन्। त्यस्तै अर्का दो’षी अक्षयसिंह ठाकुरले पनि सर्वोच्च अदालतमा सुधार याचिका दा’यर गरेका थिए । उनको निवेदनलाई भने अदालतले सु’नुवाईका लागि स्वीकार गरेको छ ।

दो’षी अक्षय ठाकुरको उपचारात्मक याचिकामाथिको सुनु’वाई भने सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरुको बेञ्चले गर्ने जनाइएको छ । यो सु’नुवाइ बिहिबार एक बजेको लागि निर्धारित गरिएको छ । दिल्लीस्थित पटियाला हाउस अदालतले जारी गरेको मृ’त्युदण्डको फै’सलाअनुसार चार अभियुक्तहरू (अक्षय सिंह ठाकुर, विनयकुमार शर्मा, मुकेश सिंह र पवन कुमार गुप्ता) लाई फेब्रुअरी १ मा बिहान ६ बजे झु’ण्डयाइनेछ।

सन् २०१२ डिसेम्बर १२ को राति नौ बजे एकजना महिला र उनका केटा साथी बस चढेका थिए। बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक ब’लात्का’र गरे र उनका केटा साथीलाई न’राम्ररी कु’टपिट गरेका थिए । न’ग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालियो। बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल पुर्‍याए र प्रहरीलाई खबर गरे। महिलाको पन्ध्र दिनपछि मृ’त्यु भएको थियो।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०१:५०